ट्रम्पसँग सीको सन्देश: अमेरिका–चीन प्रतिद्वन्द्वी होइन, साझेदार बनून्

चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन प्रतिस्पर्धा र टकराव होइन सहकार्य र साझेदारीतर्फ अघि बढ्नुपर्ने धारणा अघि सार्दै ट्रम्पसँगको वार्ताअघि सन्देश दिएका छन्।
Please Enable javascript ३१ वैशाख २०८३ बिहीबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय ट्रम्पसँग सीको सन्देश: अमेरिका–चीन प्रतिद्वन्द्वी होइन, साझेदार बनून् ३१ वैशाख २०८३ २ मिनेट पाठ चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धा र टकरावको बाटोमा नभई सहकार्य र साझेदारीको दिशामा अघि बढ्नुपर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बेइजिङमा हुने उच्चस्तरीय द्विपक्षीय वार्ताअघि सीले यस्तो धारणा सार्वजनिक गरेका हुन्। बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ बाहिर दुवै नेताले रेड कार्पेटमा हात मिलाउँदै औपचारिक स्वागतपछि वार्तास्थल प्रवेश गरेका थिए। उनीहरूबीच आज साँझ विशेष राजकीय भोजसमेत आयोजना हुने कार्यक्रम रहेको छ। चीनले ट्रम्पको भ्रमणलाई उच्च कूटनीतिक महत्वका साथ प्रस्तुत गरेको देखिएको छ। अमेरिका र चीनबीच पछिल्ला वर्षहरूमा बढ्दो व्यापारिक तनाव, प्रविधि प्रतिस्पर्धा, ताइवान विवाद र इरान युद्धका कारण सम्बन्ध जटिल बन्दै गएको छ। यही पृष्ठभूमिमा भइरहेको ट्रम्प–सी वार्तामा भन्सार महसुल, कृत्रिम बुद्धिमत्ता, प्रविधि नियन्त्रण, ऊर्जा सुरक्षा तथा ताइवानको विषय मुख्य एजेन्डाका रूपमा रहेका छन्। सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा आएका ट्रम्पसँग अमेरिकी प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तित्व पनि बेइजिङ पुगेका छन्। टेस्लाका प्रमुख एलोन मस्क र एनभिडियाका प्रमुख जेनसेन हुयाङ ट्रम्पको टोलीमा सहभागी छन्। बेइजिङ प्रस्थानअघि ट्रम्पले अमेरिकी उद्योग र प्रविधि कम्पनीका लागि चीनले आफ्नो बजार अझ खुला गर्नुपर्ने माग उठाउने बताएका थिए। इरान युद्धका कारण गत मार्चमा तय भएर पनि स्थगित भएको यो भ्रमण अहिले विश्वभर विशेष चासोका साथ हेरिएको छ। विश्लेषकहरूका अनुसार सन् २०१७ को तुलनामा अहिलेको चीन आर्थिक, सैन्य र कूटनीतिक रूपमा अझ बलियो देखिएको छ। चीनले आफूलाई विश्व स्थिरताको केन्द्रका रूपमा प्रस्तुत गर्न खोजिरहेका बेला ट्रम्पको भ्रमणलाई शक्ति सन्तुलन र विश्व नेतृत्वको प्रतिस्पर्धासँग जोडेर हेरिएको छ। दुई महाशक्ति राष्ट्रका नेताबीचको यो संवादले विश्व राजनीति, अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा दीर्घकालीन प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। विशेषगरी अमेरिका–चीन सम्बन्धको आगामी दिशा सहकार्यतर्फ मोडिन्छ कि प्रतिस्पर्धा अझ चर्किन्छ भन्ने प्रश्न अहिले अन्तर्राष्ट्रिय समुदायको प्रमुख चासो बनेको छ। Follow @nagarik_news प्रकाशित: ३१ वैशाख २०८३ ०९:१२ बिहीबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव सभापति लामिछानेको संयोजकत्वमा रास्वपाकाे महाधिवेशन आयोजक मूल समारोह समिति गठन काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुला यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते स्मार्ट सेल घोटाला प्रकरण : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ न्याय र प्रमाण कुर्दाकुर्दै बिते २२ दिन रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन दुई सय ८० ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ अर्को समाचार भर्खरको समाचारहरु ३१ वैशाख २०८३ बाढीको जोखिम भएकाले बीपी राजमार्ग बन्द सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । अन्तर्राष्ट्रिय ३१ वैशाख २०८३ ट्रम्पसँग सीको सन्देश: अमेरिका–चीन प्रतिद्वन्द्वी होइन, साझेदार बनून् चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धा र टकरावको बाटोमा नभई सहकार्य र साझेदारीको दिशामा अघि बढ्नुपर्ने बताएका छन्। ३१ वैशाख २०८३ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। ३१ वैशाख २०८३ जलाशययुक्त आयोजना र घरेलु खपत विस्तार गर्न सरकारलाई सुझाव ऊर्जा क्षेत्रका विज्ञहरूले नेपालले अब जलविद्युत् उत्पादन बढाउने मात्र होइन, घरेलु खपत विस्तार र भण्डारण क्षमतामा पनि ध्यान दिनुपर्ने बताएका छन्। Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्
अमेरिका चीन सम्बन्ध, सी जिनपिङ, डोनाल्ड ट्रम्प, भन्सार महसुल, प्रविधि नियन्त्रण, ताइवान वार्ता, ऊर्जा सुरक्षा