कोहलपुरमा सरकारी जग्गा अतिक्रमण हटाउन १०८ घरटहरामा डोजर

बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक जग्गामा निर्मित १०८ घरटहरा हटाउँदै अतिक्रमणविरुद्धको अभियानलाई तीव्रता दिएको छ।
नागरिक अभिलेखालय खोज्नुहोस् मुख्य समाचार नागरिक खोज राजनीति समाज अर्थ कला/साहित्य खेल विचार अन्तर्वार्ता फोटो फिचर कार्टुन अन्तर्राष्ट्रिय ब्लग स्वास्थ्य प्रविधि भिडियो शिक्षा प्रवास अन्य ग्राहक विशेष बजार कर्पोरेट अपराध धर्म/संस्कृति नागरिक परिवार काष्टमण्डप जूनकीरी आजको पत्रिका Please Enable javascript १७° काठमाडौं २७ वैशाख २०८३ आइतबार Subscribe आजको पत्रिका image/svg+xml अहिले चर्चामा #निर्वाचन #चुनावी चर्चा राजनीति स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय कोहलपुरमा १०८ घरटहरा हटाइयो रासस जानकी (बाँके) २७ वैशाख २०८३ २ मिनेट पाठ संग्रह ईमेल प्रिन्ट बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ। कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका १०८ घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले शनिबारदेखि नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफलमा रहेको अतिक्रमित बस्ती हटाउने अभियान सुरु गरेको हो। विशेषगरी क्रिकेट मैदान आसपासको क्षेत्रमा वर्षौंदेखि निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाइएको हो। शनिबार ४० घरटहरा हटाइएको थियो। कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले नगरपालिकाले पूर्वसूचना तथा समयसीमा दिएरै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको बताए। उनले भने, ‘वैशाख १६ गते नै १० दिने अल्टिमेटम जारी गरेर अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरिएको थियो। अधिकांश नागरिकले आफैँ सरसामान सार्ने काम गरिरहनुभएको छ। हामीले पूर्ण रूपमा खाली गरिएका संरचना मात्र हटाएका हौं।’ नगर प्रहरी प्रमुख थापाका अनुसार स्थानीय प्रशासन, जनप्रतिनिधि, नगर प्रहरी र सुरक्षाकर्मीको उपस्थितिमा उक्त अभियान सञ्चालन गरिएको हो। नगरपालिकाले विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्दै ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाका अनुसार शनिबार ७३ घरधुरीले होल्डिङ सेन्टरमा बस्नका लागि फाराम भरेका थिए। हाल ५४ परिवारका २०८ जना होल्डिङ सेन्टरमा बसिरहेका नगरपालिकाले जनाएको छ। नगर प्रहरी प्रमुख थापाले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान प्रक्रिया पनि सँगसँगै अगाडि बढाइएको जानकारी दिए। उनले भने, ‘सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सबै नागरिक सुकुमवासी होइनन्। त्यसैले नगरपालिकाले वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुमवासीको पहिचान गर्न प्रक्रिया अघि बढाएको छ। नगरपालिकाका अनुसार गत वर्ष सो क्षेत्रमा बसोबास गर्ने ७५१ परिवारले आफूलाई भूमिहीन तथा सुकुमवासी भन्दै फाराम भरेका थिए। Follow @nagarik_news प्रकाशित: २७ वैशाख २०८३ २२:०६ आइतबार खुशी 0 % दुखी 0 % अचम्मित 0 % हास्यास्पद 0 % क्रोधित 0 % लोकप्रिय प्रस्तावित बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा शिक्षक छनौट परीक्षामा धाँधली: दुई परीक्षार्थी तर भेटिए तीन उत्तरपुस्तिका विधिको शासन कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश मल्ल मनास्लुको फेदीमा मनाइयो हीरक महोत्सव सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान समुन्द्रको तापक्रम बढ्दै लुम्बिनीका चार स्थानीय तह ‘जग्गा प्रशासन’ सेवा दिन तयार रामचन्द्र थापामगर बागमती प्रदेश बक्सिङ संघको अध्यक्षमा निर्विरोध घुमुवामार्फत तस्करसँग लाईन रकम बुझ्छन् प्रहरी अधिकारी रास्वपा सांसदहरूलाई के-के विषयमा गरिँदै छ प्रशिक्षित ?. अर्को समाचार भर्खरको समाचारहरु २७ वैशाख २०८३ कोहलपुरमा १०८ घरटहरा हटाइयो बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ। २७ वैशाख २०८३ जुम्लाको तातोपानी–५ बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा जुम्लाको तातोपानी गाउँपालिका–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ। २७ वैशाख २०८३ सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’ सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। २७ वैशाख २०८३ भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौं: लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। Download Nagarik App अन्य प्रकाशन उपयोगी लिंकहरु हाम्रो बारेमा आजको पत्रिका सम्पर्क गर्नुहोस् मुद्रा विनिमय नेपाल रिपब्लिक मिडिया लिमिटेड वडा नंं.. ११, बागदरबार, काठमाडौं फोन: ५३६५१०० इमेल: news@nagariknews.com Copyright 2026 Nepal Republic Media Limited.. All rights reserved.. Terms of Use Privacy Policy लगइन गर्नुहोस् फेसबुकबाट लगइन गुगलबाट लगइन् वा ईमेलबाट लगइन गर्नुहोस् लगइन पासवर्ड बिर्सनुभयो ?. तपाईंको खाता छैन ?. साइन अप गर्न यहाँ थिच्नुहोस्। सब्स्क्राइब गर्नुहोस् सदस्यता प्रकार पत्रीका न्यूजलेटर ई-पत्रीका रद्द गर्नुहोस् सब्स्क्राइब गर्नुहोस्
कोहलपुर नगरपालिका, अतिक्रमण हटाउने अभियान, सार्वजनिक जग्गा, १०८ घरटहरा, सुकुमवासी व्यवस्थापन, बाँके समाचार