Nepal News

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’ सुरु हुँदै

नेपाल सरकारले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मर्यादित बनाउने उद्देश्यले सोमबारदेखि जेठ १ गतेसम्म ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ।

नागरिक अभिलेखालय खोज्नुहोस् मुख्य समाचार नागरिक खोज राजनीति समाज अर्थ कला/साहित्य खेल विचार अन्तर्वार्ता फोटो फिचर कार्टुन अन्तर्राष्ट्रिय ब्लग स्वास्थ्य प्रविधि भिडियो शिक्षा प्रवास अन्य ग्राहक विशेष बजार कर्पोरेट अपराध धर्म/संस्कृति नागरिक परिवार काष्टमण्डप जूनकीरी आजको पत्रिका Please Enable javascript १७° काठमाडौं २७ वैशाख २०८३ आइतबार Subscribe आजको पत्रिका image/svg+xml अहिले चर्चामा #निर्वाचन #चुनावी चर्चा राजनीति स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय राजनीति सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’ नागरिक २७ वैशाख २०८३ २ मिनेट पाठ संग्रह ईमेल प्रिन्ट सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय भएको छ। यस अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’मा समावेश छ। सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। ‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ,’ मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ। मार्गदर्शनअनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट तथा व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राखिनेछ। यस्तै, सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ। शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ। त्यति मात्रै होइन, कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनाका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ। कार्यालयमा ‘हेल्प डेस्क’ को व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। दिगोपन र अनुगमनको संयन्त्र यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्नेछ। प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व–मूल्याङ्कन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ। यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ, जसले यसको नियमित अभिलेख राख्नुपर्नेछ। यो अभियानले सबै सङ्घीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ। Follow @nagarik_news प्रकाशित: २७ वैशाख २०८३ २१:५८ आइतबार खुशी 0 % दुखी 0 % अचम्मित 0 % हास्यास्पद 0 % क्रोधित 0 % लोकप्रिय प्रस्तावित बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा शिक्षक छनौट परीक्षामा धाँधली: दुई परीक्षार्थी तर भेटिए तीन उत्तरपुस्तिका विधिको शासन कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश मल्ल मनास्लुको फेदीमा मनाइयो हीरक महोत्सव सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान समुन्द्रको तापक्रम बढ्दै लुम्बिनीका चार स्थानीय तह ‘जग्गा प्रशासन’ सेवा दिन तयार रामचन्द्र थापामगर बागमती प्रदेश बक्सिङ संघको अध्यक्षमा निर्विरोध घुमुवामार्फत तस्करसँग लाईन रकम बुझ्छन् प्रहरी अधिकारी रास्वपा सांसदहरूलाई के-के विषयमा गरिँदै छ प्रशिक्षित ?. अर्को समाचार भर्खरको समाचारहरु २७ वैशाख २०८३ सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’ सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। २७ वैशाख २०८३ भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौं: लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। २७ वैशाख २०८३ धरानमा युवाहरूबीच हानाहान, छुरा प्रहारबाट एकको मृत्यु आज धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका-१० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। २७ वैशाख २०८३ बोलपत्र प्रणाली ह्याक गरी ठेक्का हेरफेर गरेको अभियोगमा पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काको विवरण हेरफेर गरेको र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबार गरेको अभियोगमा पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। Download Nagarik App अन्य प्रकाशन उपयोगी लिंकहरु हाम्रो बारेमा आजको पत्रिका सम्पर्क गर्नुहोस् मुद्रा विनिमय नेपाल रिपब्लिक मिडिया लिमिटेड वडा नंं.. ११, बागदरबार, काठमाडौं फोन: ५३६५१०० इमेल: news@nagariknews.com Copyright 2026 Nepal Republic Media Limited.. All rights reserved.. Terms of Use Privacy Policy लगइन गर्नुहोस् फेसबुकबाट लगइन गुगलबाट लगइन् वा ईमेलबाट लगइन गर्नुहोस् लगइन पासवर्ड बिर्सनुभयो ?. तपाईंको खाता छैन ?. साइन अप गर्न यहाँ थिच्नुहोस्। सब्स्क्राइब गर्नुहोस् सदस्यता प्रकार पत्रीका न्यूजलेटर ई-पत्रीका रद्द गर्नुहोस् सब्स्क्राइब गर्नुहोस्

सरसफाइ सप्ताह, सरकारी सेवा, नेपाल सरकार, जनस्वास्थ्य, कार्यालय सरसफाइ, सरसफाइ मापदण्ड, स्वच्छता अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Are you human? Please solve:Captcha


Secret Link