General News

जनताले नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले जनताको बदलिँदो चाहना र राजनीतिमा आवश्यक सुधारका विषयमा जोड दिएका छन्।

Please Enable javascript २६ वैशाख २०८३ शनिबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली २६ वैशाख २०८३ १ मिनेट पाठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताएका छन। पार्टीको प्रशिक्षण विभागले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले सांसदहरूलाई जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी ढङ्गले क्रियाशील हुन आग्रह गरे । उपनेता पराजुलीले राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्नुपर्ने जनअपेक्षा रहेको उल्लेख गर्दै उक्त अपेक्षा र पार्टीप्रतिको विश्वासलाई परिणाममा बदल्नुपर्नेमा जोड दिए । उनले भने, “नेपालको लोकतन्त्र महत्त्वपूर्ण मोडमा उभिएको छ । यसलाई सशक्त बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । राजनीतिमा नयाँ पुस्ताको ऊर्जा, पारदर्शिता, सुशासन, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास आवश्यक छ । त्यसको आधार तयार गर्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको हो।” उपनेता पराजुलीले प्रशिक्षणबाट हासिल हुने अनुभव र ज्ञानले आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संसद् र संसदीय समितिको भूमिका, पार्टी–संसद् र सरकारबीचको समन्वय, संसदीय मर्यादा र आचरण, तथ्यमा आधारित बहस, जनउत्तरदायी राजनीतिक व्यवहार तथा प्रभावकारी नेतृत्व विकासजस्ता विषयमा प्रशिक्षण केन्द्रित रहने पनि उनले बताए । “आजको राजनीति केबल नाराले चल्दैन । क्षमता, तयारी, अध्ययन र परिणामले राजनीतिलाई परिभाषित गर्छ । जनताले अब कसले के भन्योभन्दा पनि कसले के ग¥यो भन्ने आधारमा मूल्याङ्कन गर्न थालेका छन्”, उपनेता पराजुलीले भने “रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको छ । त्यसैले जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद र सशक्त संसद्को आवश्यकता छ ।” Follow @nagarik_news प्रकाशित: २६ वैशाख २०८३ २१:०२ शनिबार हिमाल आरोहण गर्न एक हजार ७२ जनाले लिए अनुमति यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरिने सीमा विवाद हल गर्न नेपाल सरकारले चाँडै भारतसँग वार्ता गर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयको सांस्कृतिक दूतमा फु च्याङ नियुक्त इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता संघीय संसद् सचिवालयमा कुनै पनि ट्रेड यूनियन अस्तित्वमा छैन विद्यार्थी संगठनबारे अब थप बहस आवश्यक छैन: शिक्षामन्त्री पोखरेल बढी शुल्क लिने विद्यालयलाई सरकारले कारबाही गर्छ: शिक्षामन्त्री लिपुलेक नेपालको अभिन्न भूभाग: सरकारले चीनलाई पनि पठायो कूटनीतिक नोट अर्को समाचार भर्खरको समाचारहरु २६ वैशाख २०८३ जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताए २६ वैशाख २०८३ विद्यालय शिक्षामा साहित्यको महत्व साहित्यले जीवनका जटिल पक्ष बुझ्न, समाजका संरचना पहिचान गर्न, मानवीय पीडा र सौन्दर्य महसुस गर्न र आत्म–अन्वेषण गर्न प्रेरित गर्छ। अन्तर्राष्ट्रिय २६ वैशाख २०८३ तेल निर्यातमा गम्भीर असर परेपछि इराकले अपनायो नयाँ मार्ग इराकले जारी तनावको बीच हर्मुज जलडमरूमा निर्भरता कम गर्ने उद्देश्यले सिरियाली बन्दरगाहहरूमा ट्याङ्कर ट्रकहरूमार्फत कच्चा तेल ढुवानी सुरु गरेको छ । २६ वैशाख २०८३ संविधान संशोधन जनसहभागितामूलक र राष्ट्रिय हितअनुकूल हुनुपर्छ: चित्रबहादुर केसी संविधानलाई पूर्ण रूपमा कठोर बनाउनु गलत हुन्छ, तर त्यसैगरी अनियन्त्रित रूपमा बारम्बार परिवर्तन गर्नु पनि अस्थिरता निम्त्याउने हुन्छ। Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्

गणेश पराजुली, रास्वपा, नेपाली राजनीति, सुशासन, संसद्, जनअपेक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Are you human? Please solve:Captcha


Secret Link

Warning: foreach() argument must be of type array|object, null given in /home/misryoum/public_html/wp-content/plugins/wp-defender/src/component/class-network-cron-manager.php on line 216