बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
साइबर अपराधीहरूले बैङ्क खाताको विवरण चोर्न नयाँ तरिका अपनाउन थालेपछि प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
नागरिक अभिलेखालय खोज्नुहोस् मुख्य समाचार नागरिक खोज राजनीति समाज अर्थ कला/साहित्य खेल विचार अन्तर्वार्ता फोटो फिचर कार्टुन अन्तर्राष्ट्रिय ब्लग स्वास्थ्य प्रविधि भिडियो शिक्षा प्रवास अन्य ग्राहक विशेष बजार कर्पोरेट अपराध धर्म/संस्कृति नागरिक परिवार काष्टमण्डप जूनकीरी आजको पत्रिका Please Enable javascript १८° काठमाडौं २२ वैशाख २०८३ मंगलबार Subscribe आजको पत्रिका image/svg+xml अहिले चर्चामा #निर्वाचन #चुनावी चर्चा राजनीति स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह नागरिक २२ वैशाख २०८३ १ मिनेट पाठ संग्रह ईमेल प्रिन्ट पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा बढ्दै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले मंगलबार विज्ञप्ति जारी गरेर अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको भन्दै सचेत हुन आग्रह गरेका छन्। ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ। उक्त सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शङ्कास्पद लिङ्कहरू पठाइन्छन्। प्रयोगकर्ताले ती लिङ्कमा क्लिक गरेपछि व्यक्तिगत विवरण सङ्कलन गरी बैङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा रकम चोरी गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ। ब्यूरोले यस्ता साइबर अपराधबाट जोगिनका लागि केही महत्त्वपूर्ण सुझावहरू पनि दिएको छ। शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्ने, बैङ्किङ कारोबारका लागि सधैँ आधिकारिक ‘वेबसाइट’ वा ‘एप’ मात्र प्रयोग गर्ने, आफ्ना गोप्य बैङ्किङ विवरण कसैसँग पनि साझा नगर्ने तथा कुनै पनि संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैङ्कमा जानकारी गराउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ। साइबर अपराधको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले उल्लेख गरेको छ। Follow @nagarik_news प्रकाशित: २२ वैशाख २०८३ २०:३२ मंगलबार खुशी 0 % दुखी 0 % अचम्मित 0 % हास्यास्पद 0 % क्रोधित 0 % लोकप्रिय प्रस्तावित सरकारविरुद्ध आक्रामक बने हर्क साम्पाङ: केटाकेटी सरकार भन्दै गरे टिप्पणी केहीबेरमा पूर्वी मधेश र कोशी प्रदेशमा हावाहुरीसहित पानी पर्ने जुम्लामा महिला उद्यमको लहर: सातु, अचार र पाउरोटीबाट आत्मनिर्भरतासहित लाखौँ आम्दानी संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने ४० वर्षपछि आफ्नै मन्दिर फर्किए बुद्ध ऊर्जा मन्त्रालयअन्तर्गत को-को भए पदमुक्त ?. नौ महिनामा साढे चार करोडको मालसामान बरामद कांग्रेसले संसद् समन्वय बोर्डको बैठक मंगलबार भारतले लिपुलेकबाट मानसरोवर यात्रा खुलाएकोमा माइतीघरमा विरोध प्रदर्शन ‘साइबर ब्यूरो’ कै नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने गिरोह पक्राउ अर्को समाचार भर्खरको समाचारहरु २२ वैशाख २०८३ बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ। २२ वैशाख २०८३ प्रधानन्यायधीशसहित १३ पदमा नियुक्तिको बाटो खुल्यो लामो समयदेखि विभिन्न संवैधानिक आयोगका पाँच अध्यक्षसहित १३ पदमा नियुक्तिको बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै नियुक्तिको बाटो खुलेको हो। २२ वैशाख २०८३ संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरूसँग छलफल गरेको छ। २२ वैशाख २०८३ स्वास्थ्य मन्त्रालय अन्तर्गतका १९३ पदाधिकारी पदमुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त भएका छन्। Download Nagarik App अन्य प्रकाशन उपयोगी लिंकहरु हाम्रो बारेमा आजको पत्रिका सम्पर्क गर्नुहोस् मुद्रा विनिमय नेपाल रिपब्लिक मिडिया लिमिटेड वडा नंं.. ११, बागदरबार, काठमाडौं फोन: ५३६५१०० इमेल: news@nagariknews.com Copyright 2026 Nepal Republic Media Limited.. All rights reserved.. Terms of Use Privacy Policy लगइन गर्नुहोस् फेसबुकबाट लगइन गुगलबाट लगइन् वा ईमेलबाट लगइन गर्नुहोस् लगइन पासवर्ड बिर्सनुभयो ?. तपाईंको खाता छैन ?. साइन अप गर्न यहाँ थिच्नुहोस्। सब्स्क्राइब गर्नुहोस् सदस्यता प्रकार पत्रीका न्यूजलेटर ई-पत्रीका रद्द गर्नुहोस् सब्स्क्राइब गर्नुहोस्