Nepal News

विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

विश्वकप लिग–२ का लागि को को परे नेपाली टोलीमा ?. | Nagarik News Please Enable javascript २६ वैशाख २०८३ शनिबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय विश्वकप लिग–२ का लागि को को परे नेपाली टोलीमा ?. २६ वैशाख २०८३ १ मिनेट पाठ नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीच हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् । घोषित टोलीमा इशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भएका छन् । उनले यसअघि सन् २०१९ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उक्त खेलमा उनी ८ बलमा ४ रन बनाएर आउट भएका थिए । प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका पाण्डेले नेपाल ‘ए’ टोलीबाट स्कटल्याण्ड र अमेरिकाविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेका थिए । यद्यपि, उनले अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने डेब्यु गरेका छैनन् । प्रतियोगिता मे १२ देखि २२ सम्म काठमाडौंस्थित टियु क्रिकेट मैदान मा सञ्चालन हुनेछ । यसअघि ओमान र यूएईविरुद्धको सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित हात पारेको थियो । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, इशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् । Follow @nagarik_news प्रकाशित: २६ वैशाख २०८३ २१:४३ शनिबार हिमाल आरोहण गर्न एक हजार ७२ जनाले लिए अनुमति यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरिने सीमा विवाद हल गर्न नेपाल सरकारले चाँडै भारतसँग वार्ता गर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयको सांस्कृतिक दूतमा फु च्याङ नियुक्त इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता संघीय संसद् सचिवालयमा कुनै पनि ट्रेड यूनियन अस्तित्वमा छैन विद्यार्थी संगठनबारे अब थप बहस आवश्यक छैन: शिक्षामन्त्री पोखरेल बढी शुल्क लिने विद्यालयलाई सरकारले कारबाही गर्छ: शिक्षामन्त्री लिपुलेक नेपालको अभिन्न भूभाग: सरकारले चीनलाई पनि पठायो कूटनीतिक नोट अर्को समाचार भर्खरको समाचारहरु २६ वैशाख २०८३ विश्वकप लिग–२ का लागि को को परे नेपाली टोलीमा ?. टोलीमा इशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भएका छन् । २६ वैशाख २०८३ नवलपरासीमा यात्रु बस दुर्घटना, १६ जना घाइते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। २६ वैशाख २०८३ नेकपाको कार्यविभाजन: कसले पाए के जिम्मेवारी ?. नेपाली कम्युनिस्ट पार्टी ले विभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी बाँडफाँट गरेको छ । २६ वैशाख २०८३ जथाभावी हर्न बजाउने २ सय चालक कारबाहीमा काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ। Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्

नेपाली क्रिकेट टोली, विश्वकप लिग–२, रोहित पौडेल, इशान पाण्डे, क्यान, त्रिकोणात्मक सिरिज

Secret Link