मनास्लु हिमाल आरोहणको ७० वर्ष : आरोहीका परिवारलाई सम्मान

मनास्लु हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा गोरखाको सामागाउँमा सांस्कृतिक कार्यक्रमसहित आरोहीका परिवारलाई सम्मान गरिएको छ।
Please Enable javascript २६ वैशाख २०८३ शनिबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय मनास्लु हिमाल आरोहणको ७० वर्ष, आरोहीका परिवारलाई सम्मान मनास्लु आरोहणको ७० वर्ष पुगेको अवसरमा गोरखाको सामागाउँमा आयोजित सांस्कृतिक कार्यक्रम। तस्बिरः नागरिक सन्तोष पोखरेल २६ वैशाख २०८३ ३ मिनेट पाठ हरेक वर्ष मे ९ मा मनास्लु हिमाल (८१६३मि) आरोहण दिवस मनाईन्छ। आरोहणका दिन पारेर मे ९ मा विशेष कार्यक्रम गरिदै आइएको छ। यो पटक शनिबार आरोहण दिवस पारेर मनास्लु हिमालको पहिलो आरोहीको सालिक अनावरण गरिएको छ। मनास्लु आरोहणको शनिबार ७० वर्ष पुगेको छ। मनास्लु विश्वको आठौ अग्लो हिमाल हो। सन् १९५६, मे ९ मा पहिलो पटक यो हिमालको जापानी आरोहि टोसी इमानीसि र नेपालका ग्याल्जेन नोर्बु्ले आरोहण गरेका थिए। त्यहि दिन पारेर हरेक वर्ष मनास्लु आरोहण दिवस मनाईन्छ। हिमालसम्बन्धि जानकारहरुका अनुसार मनास्लु संस्कृत शब्द ‘मासन’ बाट आएको हो। यसको अर्थ ‘आत्मा’ हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको टोली शनिबार आरोहणको ७० वर्ष पुगेको अवसरमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा आयोजित कार्यक्रममा सहभागि भए। उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले मनास्लुको यो कार्यक्रमले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। ‘मनास्लु केवल हिमाल मात्र होइन, हाम्रो प्राकृतिक सम्पदा, साहसिक पर्यटन, स्थानीय संस्कृति र गण्डकी प्रदेशमा रहेको नेपालको अन्तर्राष्ट्रिय पहिचानको गौरव हो,’ पाण्डेले भने, ‘यसको संरक्षण, प्रवर्द्धन र स्थानीय समुदायको समृद्धिसँग जोडिएको दिगो पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध छ।’ मुख्यमन्त्री पाण्डे, गाउँपालिकाका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे। साथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको छ। कार्यक्रममा भोटे लामा समुदायको सांस्कृतिक सेर्का नाच तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेका अनुसार चुमनुब्री गाउँपालिकाको सामागाउँमा पहिलो आरोहीद्वय टोसी इमानीसि ग्याल्जेन नोर्बुको शालिक अनावरण गरिएको छ। उक्त कार्यक्रममा आरोहीद्वयका परिवारका सदस्य पनि सहभागि थिए। ‘मनास्लु आरोहणको ७० वर्ष पुगेको छ। नेपालको साहसिक पर्यटनमा मनास्लु आरोहणले भिन्दै महत्व बोकेको छ। मनास्लुको आरोहण अलि बढि साहसिक पनि मानिन्छ,’ उनले भने। मनास्लु क्षेत्र साहसिक पदयात्राका लागि निकै परिचित पदमार्ग हो। मनास्लु हिमालमा पहिलोपटक जापानी पाइला परेको भन्दै कतिपयले यसलाई जापानी हिमाल पनि भन्छन्। पर्यटन व्यवसायीका अनुसार दोश्रो विश्वयुद्धपछि जापानी नागरिकले यसको आरोहण गरेकोले पनि यो हिमालबारे जापानी आरोही बढि चाँसो लिन्छन्। ‘जापानी पर्यटकले मनास्लु हिमाललाई निकै रुची दिन्छन। जापानीहरु आरोहण गर्न पनि रुचाउँछन’ उनले भने। व्यवसायीका अनुसार मनास्लु क्षेत्रमा वर्षमा करिब १५ हजार पर्यटक जान्छन। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार त्यस क्षेत्रमा करिब १५ दिन अवधिको पदयात्रा हुन्छ। गोरखाको आरुघाटबाट सुरु हुने मनास्लु क्षेत्रको पदयात्रा सामागाउँ (३५००मि) र लार्केपास (५१००मि) हुँदै मनाङ निस्केर टुंगिन्छ। लार्केपास क्षेत्र जान नसक्ने पर्यटक सामागाउँबाटै फर्किन्छन्। मनास्लु हिमाल आरोहणका लागि गएका पर्यटक पनि सामागाउँबाटै फर्किन्छन्। हिमाली क्षेत्रको निकै रमणीय मनास्लु पदयात्रा क्षेत्रमा पर्ने चुम उपत्यका (छेकम्पार र चुम्चेत) तथा नुब्री उपत्यका (सामागाउ, लोहो, प्रोक, विही) मुख्य रमणीय स्थल हुन्। मनाङसम्म निस्कन सकिने भएकोले पनि यो क्षेत्र निकै आकर्षक छ। त्यहाँको सांस्कृतिक र भौगोलिक तथा प्राकृतिक सुन्दरताले पर्यटकलाई आकर्षण गर्छ। मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल अवलोकन गर्न पाउँछन्। त्यस्तै चुम भ्यालीतर्फ विभिन्न गुम्बा अवलोकन गर्न पाउँछन्। Follow @nagarik_news प्रकाशित: २६ वैशाख २०८३ १८:०० शनिबार मनास्लु हिमाल आरोहण हिमाल आरोहण गर्न एक हजार ७२ जनाले लिए अनुमति यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरिने सीमा विवाद हल गर्न नेपाल सरकारले चाँडै भारतसँग वार्ता गर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयको सांस्कृतिक दूतमा फु च्याङ नियुक्त इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता संघीय संसद् सचिवालयमा कुनै पनि ट्रेड यूनियन अस्तित्वमा छैन विद्यार्थी संगठनबारे अब थप बहस आवश्यक छैन: शिक्षामन्त्री पोखरेल बढी शुल्क लिने विद्यालयलाई सरकारले कारबाही गर्छ: शिक्षामन्त्री लिपुलेक नेपालको अभिन्न भूभाग: सरकारले चीनलाई पनि पठायो कूटनीतिक नोट अर्को समाचार भर्खरको समाचारहरु २६ वैशाख २०८३ मनास्लु हिमाल आरोहणको ७० वर्ष, आरोहीका परिवारलाई सम्मान हरेक वर्ष मे ९ मा मनास्लु हिमाल (८१६३मि) आरोहण दिवस मनाईन्छ। आरोहणका दिन पारेर मे ९ मा विशेष कार्यक्रम गरिदै आइएको छ। यो पटक शनिबार आरोहण दिवस पारेर मनास्लु हिमालको पहिलो आरोहीको सालिक अनावरण गरिएको छ। मनास्लु आरोहणको शनिबार ७० वर्ष पुगेको छ। २६ वैशाख २०८३ निर्माण सम्पन्न भएको तीन महिनामै ढल्यो कोहलपुर–सुर्खेत प्रसारण लाइनको टावर निर्माण सम्पन्न भएको तीन महिना नबित्दै सामान्य हावाहुरीपछि टावर ढल्न थालेपछि आयोजना निर्माणको गुणस्तर र प्राविधिक निगरानीमाथि गम्भीर प्रश्न उठेको छ। २६ वैशाख २०८३ छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि सात जनाले ज्यान गुमाएका छन्। २६ वैशाख २०८३ लागूऔषध सहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ काठमाडौं, टोखा नगरपालिका-३ ढलमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्