Nepal News

फिफा विश्वकप: पहिलो पटक खेल्ने चार राष्ट्र को हुन्

फिफा पुरुष विश्वकपमा डेब्यू गर्ने चार नयाँ टोलीबारे जानकारीसहित समूहगत प्रतिस्पर्धा पनि समेटिएको छ।

फिफा विश्वकप: कुन राष्ट्र पहिलो पटक खेल्दैछन् विश्वकप ?. | Nagarik News Please Enable javascript २५ वैशाख २०८३ शुक्रबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय फिफा विश्वकप: कुन राष्ट्र पहिलो पटक खेल्दैछन् विश्वकप ?. २५ वैशाख २०८३ २ मिनेट पाठ फुटबलको महाकुम्भ फिफा पुरुष विश्वकप आउन अब केही समय मात्र बाँकी छ। जुन ११ देखि सुरु हुने फिफा विश्वकपमा पहिलो पटक कूल ४८ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्। तीन राष्ट्रले आयोजना गर्ने लागेको सो विश्वकपमा कूल १०४ वटा खेलहरु हुनेछन्। यो अवस्थामा यतिबेला फिफा विश्वकपलाई लिएर संसारभर नै माहोल तात्दैँ छ। यस्तोमा यो पटक चार नयाँ टोलीले पहिलो पटक विश्वकप खेल्दैछन्। जसमा जोर्डन, उज्वेकिस्तान, कुराकाओ र केप भर्डेले यस विश्वकपमा डेब्यू गर्दैछन्। पछिल्लो समय मध्य एसियामा सफल भइरहेको टोली जोर्डनले पहिलो पटक फिफा पुरुष विश्वकप खेल्दै छ। एसियाली क्षेत्र छनोटको तेस्रो चरणको छनोट खेलबाट जोर्डनले विश्कपमा स्थान बनाएको हो। उक्त छनोटमा ओमानलाई ३- ० गोलले पराजित गरेसँगै जोर्डन विश्वकपमा छनोट भएको हो। ४० वर्षअघि देखि नै विश्वकप छनोटमा सहभागीता जनाउँदै आइरहेको जोर्डनले निकै लामो समयपछि विश्वकपमा स्थान बनाउन सक्यो। विश्वकपको समूह जी मा परेको जोर्डनले साविक विजेता अर्जन्टिनासहित अल्जेरिया र अष्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ। उज्वेकिस्तान एसियाको पछिल्लो समयको अर्को सफल फुटबल टोली हो उज्जवेकिस्तान। जोर्डनझैँ उज्वेकिस्तानले पनि एसिया क्षेत्र छनोटको तेस्रो चरणमा सुंक्त अरब इमिरेटस (युएई)सँग गोलरहित बराबरी खेलेपछि पहिला पटक फिफा विश्वकपमा पुगेको हो। विश्वकपमा छनोट हुने बलियो दाबेदार दिदैँ आएता पनि उज्जवेकिस्तान यसपटक मात्र सफल हुन पुग्यो। समूह के मा रहेको टोलीले पोर्चुगल कोलम्बिया र कंगोसँग प्रतिस्पर्धा गर्दैछ। कुराकाओ फिफा विश्वकपको इतिहासमा छनोट हुने पहिलो सानो राष्ट्र हो। क्यारबियन टापु कुराकाओले जमैकासँग छनोटमा बराबरी खेलेपछि पहिलो पटक इतिहास रच्दै विश्वकपमा स्थान बनाएको हो। यसअघि विश्वकपमा आइसल्यान्ड सबैभन्दा सानो राष्ट्र थियो। सानो जनसंख्या भएको उक्त देशले पहिलो पटक विश्वकपमा सहभागीता जनाइरहँदा कुराकाओ प्रदर्शन हेर्न यतिबेला विश्व फुटबल आतुर छ। कुराकाओ समुह इ मा रहेको छ। विश्वकपमा सफल रहेको टोली जर्मनीसँगै कुराकाओले कोट डि आइवर र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ। अफ्रिकन मुलुकबाट छनोट भएको केप भर्डेले पहिलो पटक फिफा पुरुष विश्वकपमा सहभागीता जनाउँदै छ। इस्वातिनीलाई ३- ० गोल ले पराजित गरेर केप भर्डेले विश्वपकमा स्थान बनाएको हो। यो देशमा पनि करिब ४ देखि ५ लाख मानिहरु बसोबास गर्दै आएका छन्। २० वर्षअघिसम्म यो टोली विश्व फुटबलमा निकै कमजोर मानिन्थो यहाँका धेरै खेलाडी युरोपमा जन्मिएका वा खेलिरहेका डायस्पोरा खेलाडी हुन्। फिफा विश्वकपमा यो टोली एच मा परेको जहाँ उसले स्पेन, साउदी अरेबीया र उरुग्वेसँग खेल्नेछ। Follow @nagarik_news प्रकाशित: २५ वैशाख २०८३ १५:०७ शुक्रबार ११ जना सहसचिवको सरुवा अनियमित कामकाज रोक्न खोज्दा अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण कांग्रेसले सातै प्रदेशमा प्रशिक्षण चलाउने अपुरा आयोजनालाई प्राथमिकता दिन ध्यानाकर्षण एसियन गेम्सको छनोट प्रतियोगिता र एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको घोषणा सरकारले खारेज गर्‍यो १२ ट्रेड युनियनको दर्ता व्यवसायी भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु (फोटोफिचर) महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार अर्को समाचार भर्खरको समाचारहरु २५ वैशाख २०८३ प्रधानन्यायाधीश सिफारिसमा कांग्रेसको सात बुँदे असहमति संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात बुँदे फरक मत दर्ता गराएको खुलेको छ । २५ वैशाख २०८३ प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको विरोध गर्दै अधिवक्ता सिलवालले पनि हाले मुद्दा प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको विरोध गर्दै अधिवक्ता डा.. प्रेमराज सिलवालले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। २५ वैशाख २०८३ फिफा विश्वकप: कुन राष्ट्र पहिलो पटक खेल्दैछन् विश्वकप ?. फुटबलको महाकुम्भ फिफा पुरुष विश्वकप आउन अब केही समय मात्र बाँकी छ। २५ वैशाख २०८३ अवैध लागुऔषधसहित १३ जना पक्राउ नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषध सहित १३ जनालाई पक्राउ गरेको छ। Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Are you human? Please solve:Captcha


Secret Link