Nepal News

जुम्लाको तातोपानी–५ बालविवाह र महिनावारी विभेदमुक्त वडा घोषणा

जुम्लाको तातोपानी गाउँपालिका–५ मा बालविवाह र महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ।

नागरिक अभिलेखालय खोज्नुहोस् मुख्य समाचार नागरिक खोज राजनीति समाज अर्थ कला/साहित्य खेल विचार अन्तर्वार्ता फोटो फिचर कार्टुन अन्तर्राष्ट्रिय ब्लग स्वास्थ्य प्रविधि भिडियो शिक्षा प्रवास अन्य ग्राहक विशेष बजार कर्पोरेट अपराध धर्म/संस्कृति नागरिक परिवार काष्टमण्डप जूनकीरी आजको पत्रिका Please Enable javascript १७° काठमाडौं २७ वैशाख २०८३ आइतबार Subscribe आजको पत्रिका image/svg+xml अहिले चर्चामा #निर्वाचन #चुनावी चर्चा राजनीति स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय जुम्लाको तातोपानी–५ बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गोल्डेन बुढा २७ वैशाख २०८३ २ मिनेट पाठ संग्रह ईमेल प्रिन्ट जुम्लाको तातोपानी गाउँपालिका–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ। वडाभित्रका जनप्रतिनिधि, कर्मचारी र समुदायले सामाजिक कुरीतिविरुद्ध साझा प्रतिबद्धता जनाएपछि आइतबार एक औपचारिक समारोहबीच सो घोषणा गरिएको हो। तातोपानीका ८ वडामध्ये बालविवाह र महिनावारी विभेदमुक्त घोषणा हुने वडा नम्बर ५ पहिलो वडा बनेको छ। पूर्व भौतिक पूर्वाधार, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै चौलागाईले घोषणापत्रमा हस्ताक्षर गरी अभियानको सुरुवात गरे। उनले भौतिक पूर्वाधारको विकासले मात्र समाज रूपान्तरण नहुने उल्लेख गर्दै सामाजिक कुरीति अन्त्य हुनुपर्नेमा जोड दिए। ‘वर्षौंदेखि जरा गाडेर बसेको बालविवाह र महिनावारी विभेद न्यूनीकरणको अभ्यास तातोपानीबाट सुरु भएको छ,’ उनले भने, ‘अब यसको व्यवहारिक कार्यान्वयनमा सबैले ध्यान दिन जरुरी छ।’ जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त मुलुक बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्न यस्ता स्थानीय अभियानले महत्त्वपूर्ण टेवा पुर्‍याउने बताए। उनले नीति निर्माण मात्र पर्याप्त नभएको भन्दै कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे। वडा अध्यक्ष छिरिङ महतले १५ वटा विभिन्न सूचकहरू पूरा गरेपछि वडालाई बालविवाह तथा महिनावारी विभेदमुक्त घोषणा गर्न सफल भएको जानकारी दिए। उनले घोषणालाई सार्थक बनाउन अबका दिनमा सम्पूर्ण सरोकारवालाहरू थप जवाफदेही हुनुपर्ने स्पष्ट पारे। कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौड्यालले बालविवाह गराउने, उक्साउने वा त्यस्ता विवाहको भोजभतेरमा सहभागी हुने जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिए। यस्तै, डिएसपी रबिन बाबु रेग्मीले बालविवाह गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको भन्दै सचेत रहन आग्रह गरे। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले क्रमशः अन्य वडाहरूलाई पनि बालविवाहमुक्त घोषणा गर्दै लैजाने योजना सुनाए। उनले आर्थिक अभावका कारण बालविवाह गर्न बाध्य हुने परिवारको पहिचान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन पालिकाले विशेष सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। महिला तथा बालबालिका शाखाकी शान्ति सेजुवाका अनुसार विद्यालय, टोल र बस्तीस्तरमा निरन्तरको सचेतना कार्यक्रमपछि यो घोषणा सम्भव भएको हो। जुम्लाका ६० वडामध्ये हालसम्म १५ वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन्। सो वडाले ‘विवाह वारी, २० वर्ष पारी’ भन्ने सरकारी नारालाई व्यवहारमै लागू गर्ने संकल्प गरेको छ। Follow @nagarik_news प्रकाशित: २७ वैशाख २०८३ २२:०१ आइतबार खुशी 0 % दुखी 0 % अचम्मित 0 % हास्यास्पद 0 % क्रोधित 0 % लोकप्रिय प्रस्तावित बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा शिक्षक छनौट परीक्षामा धाँधली: दुई परीक्षार्थी तर भेटिए तीन उत्तरपुस्तिका विधिको शासन कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश मल्ल मनास्लुको फेदीमा मनाइयो हीरक महोत्सव सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान समुन्द्रको तापक्रम बढ्दै लुम्बिनीका चार स्थानीय तह ‘जग्गा प्रशासन’ सेवा दिन तयार रामचन्द्र थापामगर बागमती प्रदेश बक्सिङ संघको अध्यक्षमा निर्विरोध घुमुवामार्फत तस्करसँग लाईन रकम बुझ्छन् प्रहरी अधिकारी रास्वपा सांसदहरूलाई के-के विषयमा गरिँदै छ प्रशिक्षित ?. अर्को समाचार भर्खरको समाचारहरु २७ वैशाख २०८३ जुम्लाको तातोपानी–५ बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा जुम्लाको तातोपानी गाउँपालिका–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ। २७ वैशाख २०८३ सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’ सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। २७ वैशाख २०८३ भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौं: लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। २७ वैशाख २०८३ धरानमा युवाहरूबीच हानाहान, छुरा प्रहारबाट एकको मृत्यु आज धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका-१० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। Download Nagarik App अन्य प्रकाशन उपयोगी लिंकहरु हाम्रो बारेमा आजको पत्रिका सम्पर्क गर्नुहोस् मुद्रा विनिमय नेपाल रिपब्लिक मिडिया लिमिटेड वडा नंं.. ११, बागदरबार, काठमाडौं फोन: ५३६५१०० इमेल: news@nagariknews.com Copyright 2026 Nepal Republic Media Limited.. All rights reserved.. Terms of Use Privacy Policy लगइन गर्नुहोस् फेसबुकबाट लगइन गुगलबाट लगइन् वा ईमेलबाट लगइन गर्नुहोस् लगइन पासवर्ड बिर्सनुभयो ?. तपाईंको खाता छैन ?. साइन अप गर्न यहाँ थिच्नुहोस्। सब्स्क्राइब गर्नुहोस् सदस्यता प्रकार पत्रीका न्यूजलेटर ई-पत्रीका रद्द गर्नुहोस् सब्स्क्राइब गर्नुहोस्

जुम्ला, तातोपानी गाउँपालिका, बालविवाहमुक्त वडा, महिनावारी विभेदमुक्त, कानुनी कारबाही, महिला सचेतना कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Secret Link