नेकपाको कार्यविभाजन: कसले पाए के जिम्मेवारी ?

नेकपा (माओवादी केन्द्र–सम्बद्ध) कार्यविभाजनमा ४९ विभाग तथा मोर्चाका जिम्मेवारी बाँडफाँट भएको छ। अपानी–३ अनुसार नेतृत्व नियुक्ति।
नेकपाको कार्यविभाजन: कसले पाए के जिम्मेवारी ?. | Nagarik News Please Enable javascript २६ वैशाख २०८३ शनिबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय नेकपाको कार्यविभाजन: कसले पाए के जिम्मेवारी ?. २६ वैशाख २०८३ १ मिनेट पाठ नेपाली कम्युनिस्ट पार्टी ले विभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको केन्द्रीय कार्य–संयोजन समितिको गत चैत १९ गतेदेखि वैशाख १५ गतेसम्म बसेको बैठकको निर्णय कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानी)–३ मार्फत विभागीय प्रमुख तथा उपप्रमुख तोकिएका हुन् । निर्देशनअनुसार अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ चयन भएका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी प्रमेश कुमार हमालले पाएका छन् । वामदेव गौतम लाई उद्यमशीलता तथा उत्पादन विभागको प्रमुख बनाइएको छ भने प्रचार विभागको नेतृत्व रेखा शर्मा ले सम्हाल्ने भएकी छन् । यसअघि सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारीमा रहेकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्था विभागको प्रमुख बनाइएको छ । राष्ट्रिय हित सुरक्षा विभागको जिम्मेवारी कृष्णबहादुर महरा लाई दिइएको छ । संगठन विभागको प्रमुखमा वर्षमान पुन नियुक्त भएका छन् भने प्रवास प्रदेश समन्वय समितिको जिम्मेवारी पम्फा भुसाल ले पाएकी छन् । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले हस्ताक्षर गरेको अपानी–३ अनुसार नीति अध्ययन अनुसन्धान प्रतिष्ठानको प्रमुखमा राजेन्द्र श्रेष्ठ, स्थानीय तह विभागमा अग्नि सापकोटा, श्रम तथा रोजगार विभागमा गरिमा शाह तथा शिक्षा विभागमा गिरीराजमणि पोखरेल लाई जिम्मेवारी दिइएको छ । त्यस्तै डा.. बेदुराम भुसाल लाई पार्टी स्कुल विभागको प्रमुख बनाइएको छ भने विना मगर ले खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी पाएकी छन् । Follow @nagarik_news प्रकाशित: २६ वैशाख २०८३ २१:३३ शनिबार हिमाल आरोहण गर्न एक हजार ७२ जनाले लिए अनुमति यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरिने सीमा विवाद हल गर्न नेपाल सरकारले चाँडै भारतसँग वार्ता गर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयको सांस्कृतिक दूतमा फु च्याङ नियुक्त इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता संघीय संसद् सचिवालयमा कुनै पनि ट्रेड यूनियन अस्तित्वमा छैन विद्यार्थी संगठनबारे अब थप बहस आवश्यक छैन: शिक्षामन्त्री पोखरेल बढी शुल्क लिने विद्यालयलाई सरकारले कारबाही गर्छ: शिक्षामन्त्री लिपुलेक नेपालको अभिन्न भूभाग: सरकारले चीनलाई पनि पठायो कूटनीतिक नोट अर्को समाचार भर्खरको समाचारहरु २६ वैशाख २०८३ नेकपाको कार्यविभाजन: कसले पाए के जिम्मेवारी ?. नेपाली कम्युनिस्ट पार्टी ले विभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी बाँडफाँट गरेको छ । २६ वैशाख २०८३ जथाभावी हर्न बजाउने २ सय चालक कारबाहीमा काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ। २६ वैशाख २०८३ सुशीला कार्कीले किन बालेनकी श्रीमतीलाई आमा भन्नू भनिन् ?. पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन नगर्न भनेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । २६ वैशाख २०८३ जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताए Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्
नेकपाको कार्यविभाजन, अपानी–३, विभागीय प्रमुख, प्रचार विभाग, कृषि तथा भूमि व्यवस्था, शिक्षा विभाग