कांग्रेसले भन्यो- ‘संसदीय प्रणालीमाथिको जालसाजी’
कांग्रेसले सरकारले ल्याएका अध्यादेशलाई संसदीय अभ्यासविरुद्ध ‘नाङ्गो जालसाजी’ भनेको छ र संसदमा सशक्त रूपमा प्रस्तुत हुने जनाएको छ।
नागरिक अभिलेखालय खोज्नुहोस् मुख्य समाचार नागरिक खोज राजनीति समाज अर्थ कला/साहित्य खेल विचार अन्तर्वार्ता फोटो फिचर कार्टुन अन्तर्राष्ट्रिय ब्लग स्वास्थ्य प्रविधि भिडियो शिक्षा प्रवास अन्य ग्राहक विशेष बजार कर्पोरेट अपराध धर्म/संस्कृति नागरिक परिवार काष्टमण्डप जूनकीरी आजको पत्रिका Please Enable javascript १६° काठमाडौं २२ वैशाख २०८३ मंगलबार Subscribe आजको पत्रिका image/svg+xml अहिले चर्चामा #निर्वाचन #चुनावी चर्चा राजनीति स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय राजनीति कांग्रेसले भन्यो- सरकारको कदम ‘संसदीय प्रणालीमाथिको जालसाजी’ नागरिक २२ वैशाख २०८३ २ मिनेट पाठ संग्रह ईमेल प्रिन्ट नेपाली कांग्रेसले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशहरूलाई संसदीय अभ्यासमाथिको निर्मम प्रहार र नाङ्गो जालसाजीको रूपमा व्याख्या गरेको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसद समन्वय बोर्डको बैठकले सरकारको कार्यशैली र नियतमाथि प्रश्न उठाएको हो। संसद अधिवेशन आह्वान गर्ने र तुरुन्तै अन्त्य गरेर दर्जनौँ कानुनका सारभूत विषयमा अध्यादेश जारी गर्नु विधायिकी अधिकारको उल्लंघन भएको कांग्रेसको ठहर छ। सभापति थापाले सरकारले चोर बाटोबाट शासन चलाउन खोजेको दाबी गर्दै यसले लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने आशंका गरे। कांग्रेसले यी अध्यादेशहरू अब सार्वभौम संसदको क्षेत्राधिकारभित्र प्रवेश गर्ने भएकाले तिनको गहन परीक्षण गर्ने स्पष्ट पारेको छ। सुशासन र सेवा प्रवाहको सहजताका लागि ‘असल नियत’ ले ल्याइएका विषयमा कांग्रेस सकारात्मक हुने भए पनि नागरिकको मौलिक हक कुण्ठित गर्ने र संविधानको मर्म विपरीत ल्याइएका प्रावधानहरू विरुद्ध संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय भएको छ। विशेष गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई कांग्रेसले सत्ताको दुरुपयोग र शक्ति सन्तुलनको सिद्धान्त विरुद्धको कदमको रूपमा टिप्पणी गरेको छ। आफू अनुकूलका राजनीतिक नियुक्ति गर्ने संकीर्ण मनसायले संसद छल्दै अध्यादेश ल्याउनुलाई कांग्रेसले ‘संसदीय प्रणालीमाथिको नाङ्गो जालसाजी’ भएको दाबी गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘महत्त्वपूर्ण संवैधानिक नियुक्तिहरूमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने संविधानको मर्मलाई सरकारले लत्याएको छ। यस प्रपञ्च विरुद्ध कांग्रेस संसदमा सशक्त रूपमा उभिनेछ।’ संसदीय प्रक्रियाकै सन्दर्भमा प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा रहेका कतिपय प्रावधानहरूबारे पनि कांग्रेसले असहमति जनाएको छ। ती प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत त्रुटिपूर्ण रहेको औंल्याउँदै कांग्रेसले ती बुँदाहरू सच्याउन संसदमा आवश्यक पहल गर्ने र संशोधन दर्ता गर्ने निर्णय गरेको छ। Follow @nagarik_news प्रकाशित: २२ वैशाख २०८३ २१:२६ मंगलबार खुशी 0 % दुखी 0 % अचम्मित 0 % हास्यास्पद 0 % क्रोधित 0 % लोकप्रिय प्रस्तावित सरकारविरुद्ध आक्रामक बने हर्क साम्पाङ: केटाकेटी सरकार भन्दै गरे टिप्पणी केहीबेरमा पूर्वी मधेश र कोशी प्रदेशमा हावाहुरीसहित पानी पर्ने जुम्लामा महिला उद्यमको लहर: सातु, अचार र पाउरोटीबाट आत्मनिर्भरतासहित लाखौँ आम्दानी संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने ४० वर्षपछि आफ्नै मन्दिर फर्किए बुद्ध ऊर्जा मन्त्रालयअन्तर्गत को-को भए पदमुक्त ?. नौ महिनामा साढे चार करोडको मालसामान बरामद कांग्रेसले संसद् समन्वय बोर्डको बैठक मंगलबार भारतले लिपुलेकबाट मानसरोवर यात्रा खुलाएकोमा माइतीघरमा विरोध प्रदर्शन ‘साइबर ब्यूरो’ कै नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने गिरोह पक्राउ अर्को समाचार भर्खरको समाचारहरु २२ वैशाख २०८३ कांग्रेसले भन्यो- सरकारको कदम ‘संसदीय प्रणालीमाथिको जालसाजी’ नेपाली कांग्रेसले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशहरूलाई संसदीय अभ्यासमाथिको निर्मम प्रहार र नाङ्गो जालसाजीको रूपमा व्याख्या गरेको छ। २२ वैशाख २०८३ बैङ्क खाताको रकम चोरीका घटना बढ्यो, सचेत रहाैं पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। २२ वैशाख २०८३ स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’ बाटै सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ। २२ वैशाख २०८३ बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ। Download Nagarik App अन्य प्रकाशन उपयोगी लिंकहरु हाम्रो बारेमा आजको पत्रिका सम्पर्क गर्नुहोस् मुद्रा विनिमय नेपाल रिपब्लिक मिडिया लिमिटेड वडा नंं.. ११, बागदरबार, काठमाडौं फोन: ५३६५१०० इमेल: news@nagariknews.com Copyright 2026 Nepal Republic Media Limited.. All rights reserved.. Terms of Use Privacy Policy लगइन गर्नुहोस् फेसबुकबाट लगइन गुगलबाट लगइन् वा ईमेलबाट लगइन गर्नुहोस् लगइन पासवर्ड बिर्सनुभयो ?. तपाईंको खाता छैन ?. साइन अप गर्न यहाँ थिच्नुहोस्। सब्स्क्राइब गर्नुहोस् सदस्यता प्रकार पत्रीका न्यूजलेटर ई-पत्रीका रद्द गर्नुहोस् सब्स्क्राइब गर्नुहोस्