सुशीला कार्कीले ‘आमा’ सम्बोधनमा किन फरक मागिन्?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र सञ्चारकर्मीबीच ‘आमा’ सम्बोधनसम्बन्धी विवाद सामाजिक सञ्जालमा भाइरल भएको छ।
सुशीला कार्कीले किन बालेनकी श्रीमतीलाई आमा भन्नू भनिन् ?. | Nagarik News Please Enable javascript २६ वैशाख २०८३ शनिबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय सुशीला कार्कीले किन बालेनकी श्रीमतीलाई आमा भन्नू भनिन् ?. २६ वैशाख २०८३ १ मिनेट पाठ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन नगर्न भनेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्कीले आमा भनेर सम्बोधन गरिएको विषयमा असन्तुष्टि व्यक्त गरेकी छन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा.. मनोजकुमार शर्मा लाई सिफारिस गरेपछि कार्कीले सार्वजनिक रूपमा असहमति जनाउँदै आएकी थिइन् । उनले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल लाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नु सरकारको गम्भीर गल्ती भएको टिप्पणी गरेकी छन् । शनिबार काठमाडौंस्थित राष्ट्रिय सभा गृह मा आयोजित कानुन दिवस कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ भनेर सम्बोधन गरेका थिए । त्यसपछि कार्कीले प्रतिप्रश्न गर्दै “कसले आमा भनेको ?” भनेकी थिइन् । साहले आफूले सम्बोधन गरेको बताएपछि कार्कीले आक्रोश मिश्रित शैलीमा “तिमीहरूको आमा नै फेरिइसक्यो” प्रतिक्रिया दिएकी थिइन् । त्यसपछि साहले “केही फरक पर्दैन, आमा फेरिँदैन” भन्दै प्रतिक्रिया दिन खोजेका थिए । जवाफमा कार्कीले आफूलाई आमा नभनी सविना काफ्ले लाई आमा भन्न आग्रह गर्दै “बालेनको श्रीमतीलाई आमा भन” भनेकी थिइन् । साहले फेरि “तपाईं देशकै आमा हो” भन्न खोजेपछि कार्की “होइन, होइन” भन्दै त्यहाँबाट अघि बढेकी थिइन् । सञ्चारकर्मी साहले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ । Follow @nagarik_news प्रकाशित: २६ वैशाख २०८३ २१:१० शनिबार हिमाल आरोहण गर्न एक हजार ७२ जनाले लिए अनुमति यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरिने सीमा विवाद हल गर्न नेपाल सरकारले चाँडै भारतसँग वार्ता गर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयको सांस्कृतिक दूतमा फु च्याङ नियुक्त इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता संघीय संसद् सचिवालयमा कुनै पनि ट्रेड यूनियन अस्तित्वमा छैन विद्यार्थी संगठनबारे अब थप बहस आवश्यक छैन: शिक्षामन्त्री पोखरेल बढी शुल्क लिने विद्यालयलाई सरकारले कारबाही गर्छ: शिक्षामन्त्री लिपुलेक नेपालको अभिन्न भूभाग: सरकारले चीनलाई पनि पठायो कूटनीतिक नोट अर्को समाचार भर्खरको समाचारहरु २६ वैशाख २०८३ सुशीला कार्कीले किन बालेनकी श्रीमतीलाई आमा भन्नू भनिन् ?. पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन नगर्न भनेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । २६ वैशाख २०८३ जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताए २६ वैशाख २०८३ विद्यालय शिक्षामा साहित्यको महत्व साहित्यले जीवनका जटिल पक्ष बुझ्न, समाजका संरचना पहिचान गर्न, मानवीय पीडा र सौन्दर्य महसुस गर्न र आत्म–अन्वेषण गर्न प्रेरित गर्छ। अन्तर्राष्ट्रिय २६ वैशाख २०८३ तेल निर्यातमा गम्भीर असर परेपछि इराकले अपनायो नयाँ मार्ग इराकले जारी तनावको बीच हर्मुज जलडमरूमा निर्भरता कम गर्ने उद्देश्यले सिरियाली बन्दरगाहहरूमा ट्याङ्कर ट्रकहरूमार्फत कच्चा तेल ढुवानी सुरु गरेको छ । Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्
सुशीला कार्की, आमा सम्बोधन, कानुन दिवस, दिवाकर साह, सामाजिक सञ्जाल भाइरल, प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्